काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा विश्व कीर्तिमान बनाएको छ।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलविरुद्ध पहिलो ओभरमा २३ रन बनाएर विश्व कीर्तिमान बनाएको छ।
अहिलेसम्म कुनै पनि टिमले अन्तर्राष्ट्रिय वानडे क्रिकेकको पहिलो ओभरमा २३ रन बनाएको थिएन। अब नेपाल वानडे क्रिकेटको पहिलो ओभरमा सर्वाधिक रन बनाउने पहिलो टोली बनेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा सो पहिलो ओभरमा नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलले ४ चौका प्रहार गर्दै १६ रन बटुरेका थिए भने बाँकी सात स्कटल्याण्डद्वार एक नोबल, दुई ह्वाइड र एक बलमा चौका र ह्वाइडसँगै भएको थियो।
यसरी नेपालले वानडे क्रिकेटको पहिलो ओभरमा कीर्तिमानी २३ रन बनयो।
यो समाचार तयार पार्दासम्म नेपालले ४३ ओभरमा ७ विकेट गुमाएर २४७ रन बनाएको छ।
योसँगै नेपाल जीत नजिक पुगेको छ। नेपाललाई ७ ओभरमा ३८ रन आवश्यक छ।
खेलको ताजा अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्ः
सम्बनिधत समाचारः नेपाललाई स्कटल्यान्डले दियो २७५ रनको लक्ष्य