काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम उपसभामुख बन्ने भएकी छन्।
उनी सत्ता गठबन्धनबाट उपसभामुख हुने भएकी छन्।
उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुँदैछ। त्यसका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ।
गत मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित गौतमलाई शुक्रबार बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आधिकारिक उम्मेदवार बनाउने निर्णय गर्नेछ।
उनलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पनि उपसभामुखका लागि तयारी गर्न भनेका छन्।
सत्ता गठबन्धनमा स्पष्ट बहुमत भएकोले उनी उपसभामुख बन्ने निश्चित छ।
बिहीवार सभामुखमा एमालेका देवराज घिमिरे बहुमतका साथ विजयी भइसकेका छन्।