काठमाडौं। सांसद विश्वप्रकाश शर्माले कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताएका छन्।
आज संसदमा बोल्दै उनले एमाले अध्यक्ष ओलीलाई जवाफ फर्काउँदै कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताए।
उनले भने, ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन। तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु।’
यसअघि ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको टिप्पणी गरेका थिए।
उनले बरु एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई पिँजडामा राख्न खोजेको आरोप लगाए।
उनले ओलीलाई जवाफ दिँदै अगाडि थपे, ‘कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन बरु तपाईँले माछा पर्ने पिँजडा कसिलो पार्नुभएको छ। आफू प्रधानमन्त्री हुँदा आफ्नै अर्का अध्यक्षको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गर्ने तपाई आज त्यही संयन्त्रमार्फत प्रधानमन्त्रीलाई पिँजडामा राख्दै हुनुहुन्छ।’
सम्बन्धित समाचारः
सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक सुरू (लाइभ)
हत्या अभियोगमा फरार सांसदलाई गृहमन्त्री लामिछानेले भने– मतदान गर्नुस्