काठमाडौं। एमाले अध्यक्ष केपी ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएलगतै संयन्त्रको बैठक बोलाइएको हो।
आजको भेटमा प्रचण्ड र ओलीबीच सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएका बताइएको छ।
आजै साँझ बस्ने बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउने तयारी छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने जानकारी दिए। पौडेलले भने, ‘कसले कति मन्त्रालय लिने भन्नेजस्ता विषय आजको बैठकमा छलफल गरिन्छ।’ उनले मन्त्रिपरिषद विस्तार पनि छिट्टै हुने बताए।
यसअघि प्रचण्डले सरकारले आजै पूर्णता पाउने बताएका थिए।
सम्बन्धित समाचारः भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दलहरूको बैठक बस्दै