काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानन्त्री प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका थिए।
उनीहरुबीच सभामुखको निर्वाचन, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागबन्डालगायतका विषयमा छलफल भएको छ। तर, ठोस सहमति हुन नसकेको बताइएको छ।
छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रचण्डले सरकारले आजै पूर्णता पाउने प्रतिक्रिया दिए।
सभामुखको निर्वाचनबारे प्रचण्डले विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको र कांग्रेससँग पनि छलफल हुने बताए।
सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका र बिहीबार निर्वाचन नै हुने तय भएको छ।