काठमाडौं। भोलि मंगलबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दलहरूको बैठक बस्ने भएको छ।
भक्तपुरको बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेटेर फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलि मंगलबार सरकारलाई विश्वासको मत दिने दलहरूको बैठक बस्ने जानकारी दिए।
उनले उक्त बैठकमा सभामुखको निर्वाचनबारे पनि छलफल हुने बताए। उनले भने, ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ।’
बैठकपछि नेकपा एमालेको उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पनि भोलि विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक बताए।
उनले भने, ‘त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ । हाम्रा कुराहरु पनि राखिन्छ।’
सम्बन्धित समाचारः
बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच के–के विषयमा भयो कुराकानी ?