काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताएकी छन्।
आइतबार ट्वीटमार्फत एक शोक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’’
यसैबीच, आइतबार पूर्वी नेपालका केही स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पूर्वी नेपाल पुगेकी राष्ट्रपति भण्डारीले पोखरा घटनाको बारेमा थाहा पाउने बित्तिकै त्यहाँका कार्यक्रम स्थगित गरेको जानकारी राष्ट्रपतिको निजी सचिवालयले दिएको छ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो।
विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।
सम्बन्धित समाचारः
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
पोखरामा जहाज दुर्घटनाः ७२ जनाको अवस्था अज्ञात, यस्तो छ प्रत्यक्षदर्शीको बयान
पोखरामा विमान दुर्घटनाः माछा मार्न लागेका ३ जनाको पनि अवस्था अज्ञात
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)
विमान दुर्घटनाः भोलि शोक बिदा, अन्य के–के गर्यो मन्त्रिपरिषदले निर्णय ?
पोखरामा विमान दुर्घटनाः ६४ शव भेटियो