काठमाडौं। पोखरामा भएको विमान दुर्घटनामा ६४ जनाको शव निकालिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटनामा ६४ वटा शव निकालिएको जानकारी दिए।
दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले ३० वटा शव निकालेर अस्पताल लगिएको र ३४ वटा शव खोंचमा भेटिएको बताए। तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको उनले बताए।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।
सम्बन्धित समाचारः
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
पोखरामा जहाज दुर्घटनाः ७२ जनाको अवस्था अज्ञात, यस्तो छ प्रत्यक्षदर्शीको बयान
पोखरामा विमान दुर्घटनाः माछा मार्न लागेका ३ जनाको पनि अवस्था अज्ञात
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)
विमान दुर्घटनाः भोलि शोक बिदा, अन्य के–के गर्यो मन्त्रिपरिषदले निर्णय ?