पोखरा। नेकपा एमाले नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
एमाले संसदीय दलका नेता समेत रहेको अधिकारी सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङलअधिकारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उनले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ।
सोमबार नै बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त भएका छन्।