काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त भएका छन्।
माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका जमकट्टेललाई सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जमकट्टेलले ७० प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
