काठमाडौं। गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सुनुवाइ हुने भएको छ ।
पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेको सांसदको योग्यताबारे सुनुवाइ हुने भएको हो।
उक्त दिन लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गरेपछि अदालतले के हुने भन्ने आदेश दिनेछ।
लामिछानेको शपथ रोक्न तथा सांसद पद खारेज गर्न माग गर्दै मुद्दा परेको थियो। गत बुधबार अदालतले उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। त्यसपछि सांसदको शपथ लिएर लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन्।