काठमाडौं। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले डिएसपी केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको छ। निलम्बनपछि उनीमाथि थप अनुसन्धान अघि बढने बताइएको छ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट बुटबल पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले केसीलाई २५ नगद र ३५ तोला सुनसहित नियन्त्रणमा लिएको थियो।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।
यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए। करिब १३ महिना अघि केसी बुटवल आएका थिए।
डिएसपी केसीले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँकिदिएका थिए।
सम्बन्धित समाचारः
वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँक्ने डीएसपी ३५ तोला सुन र २५ लाखसहित प्रहरी नियन्त्रणमा