काठमाडौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई अवैध सुनसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीलाई प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट बुटबल पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको हो।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको सीआईबीको टोलीले केसीको निवासमा खानतलासी गर्दा २५ नगद र ३५ तोला सुनसमेत बरामद गरेको छ।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो। व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।
यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए। करिब १३ महिना अघि केसी बुटवल आएका थिए।
डिएसपी केसीले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँकिदिएका थिए।