काठमाडौं। सत्ता गठबन्धनको बैठक सुरू भएको छ।
संसद भवन बानेश्वरमा सत्ता गठबन्धनको बैठक सुरू भएको हो।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेठलगायतका नेताहरू सहभागी छन्।
.jpg)
बैठकमा कुन पार्टीबाट कति र को–को मन्त्री बन्ने, मन्त्रालय बाँडफाँडबारे छलफल भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे शपथ लिँदैछन्। सोही क्रममा केही मन्त्रीले पनि शपथ लिँदैछन्।
माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने, एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ।
राप्रपा भने सरकारमा नगएर समर्थन मात्रै गर्नेछ।