काठमाडौं। सर्लाही–२ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका महिन्द्रराय यादव निर्वाचित भएका छन्।
लोसपाका राजेन्द्र महतोलाई पराजित गर्दै माओवादी केन्द्रका यादव निर्वाचित भएका हुन्।
यादव २२ हजार ६३१ मतका साथ निर्वाचित हुँदा उनका निकटमत प्रतिस्पर्धी लोसपाका उम्मेदवार महतोले २० हजार १६५ मत ल्याए।