काठमाडौं। इलाम–२ मा एमाले उम्मेदवार सुवास नेम्वाङले फेरि अग्रता लिएका छन्।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले सुरुदेखि अग्रता लिइरहेका थिए। तर, यसअघि नेम्वाङ १६ मतले पछि परेका छन्।
पछिल्लो समय उनले १३० अग्रता लिएका छन्। त्यहाँ अब २ हजार मत गणना गर्न बाँकी छ।
पछिल्लो परिणाम अनुसार उनले २९ हजार १३५ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मत पाएका छन्।