काठमाडौं। रुपन्देही–३ बाट प्रतिनिधिसभामा राप्रपाका दीपक बोहरा निर्वाचित भएका छन्।
गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै बोहरा रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
बोहराले ३६ हजार ६४८ मत र खाण्ले ३४ हजार ६ मत पाए।
गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए।
रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन्।