काठमाडौं। रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाणको हार निश्चित भएको छ।
उक्त क्षेत्रमा राप्रपाका दीपक बोहराले ३३ हजार ६४५ मतका साथ अग्रता कायम राखेका छन् भने खाणले ३१ हजार ६०६ मत पाएका छन्।
अब झण्डै ३ हजार मात्रै मत गणना हुन बाँकी छ। तर, बोहरा २ हजार ३९ मतले अघि रहेका कारण खाणको हार निश्चित भएको हो।