काठमाडौं। सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका हुन्।
कार्कीले २२ हजार ३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १६९ मत पाए।
यस्तै, रूपन्देही–३ मा बालकृष्ण खाण पछाडि छन्।
उक्त क्षेत्रमा राप्रपाका दीपक बोहोराले अग्रता लिइरहेका छन्।
बोहोराले ३२ हजार ८४८ मत र खाणले ३१ हजार ६ मत पाएका छन्।