काठमाडौं। स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले)का उमेदवार नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।
थापाले ३१ हजार ९९९ मत ल्याए। मरासिनीले २८ हजार ७४४ मत पाए।
थापा ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।