पाल्पा। पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुर गैरे निर्वाचित भएका छन्।
नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी भएका हुन्।
गैरेले २७ हजार ८१७ मत ल्याए भने प्रतिस्पर्धी पाण्डेयले २३ हजार ८५१ मत पाए।
गैरेको जितसँगै यसअघि चार पटक सांसद भएका पाण्डेयको संसदीय राजनीतिमा ब्रेक लागेको छ।