काठमाडौं। कैलाली–२ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्।
एमालेका झपट रावललाई ५७४३ मतान्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
चौधरीले २१८७१ मत ल्याउँदा एमालेका रावलले १६१२८ मत पाए।
तेस्रो स्थानमा रहेका माओवादीका भगत बडुवाले १५११६ मत पाए।