काभ्रे। काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन्।
४५ हजार ३४५ मतसहित बाँस्कोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९ हजार ५८२ पाए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत ल्याए।
बाँस्कोटा २०७४ सालमा पनि यस क्षेत्रबाट निर्वाचित भएका थिए।