काठमाडौं। प्रतिनिधिसभा सदस्यमा कास्की–३ बाट नेकपा एमालेका दामोदर वैरागी निर्वाचित भएका छन्। वैरागी ५ हजार ४ सय ४५ मतान्तरका साथ निर्वाचित भएका हुन्।
वैरागीले कूल २२ हजार ९ सय ८० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामजी बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरे। बराल गण्डकी प्रदेशका बहालबाला अर्थमन्त्री पनि हुन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाए।
उता, कास्की ३ ‘ख’ बाट नेपाली कांग्रेसका प्रकाश बराल निर्वाचित भएका छन्।
बराल एमाले उम्मेदवार राजीव पहारीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। कांग्रेसका बरालले १२ हजार ३६७ मत प्राप्त गर्दा एमालेका पहारीले ११ हजार ९०२ मत प्राप्त गरे। पहारी यस अघि प्रदेश सभा सदस्य थिए।
राप्रपाका हरिराम भण्डारीले २ हजार ५६० मत प्राप्त गरे।