काठमाडौं। कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गर्दै गुरुङ कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत पाए।