काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले राज्य संयन्त्रको दुरुपयोग गरेर सत्ता गठबन्धनले एमालेलाई हराएको आरोप लगाएका छन्।
गृह जिल्ला झापामा विजयी र्यालीमा सहभागी हुन गएका ओलीले चुनावपछि पहिलो प्रतिक्रिया दिँदै सत्ता गठबन्धनले एमालेलाई हराएको आरोप लगाएका हुन्।
उनले भने, ‘बुथ कब्जा गर्ने, राज्य संयन्त्रको दुरुपयोग, मान्छे मार्नेसम्मका घटना गठबन्धनले गर्यो। गठबन्धनले होलिकप्टरबाट गुन्डा ओसारेर आतङ्क मच्चायो। यो चिन्ताको विषय हो।’
उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई स्वभाविक र मामुली कुरा भएको टिप्पणी गरे।
उनले भने, ‘यो स्वभाविक र मामुली कुरा हो। स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो। देशलाई गलत बाटो लिन खोज्दै हुनुहुन्छ। नीति कार्यनीति केही छैन। हाहुमा लान खोजिने कुरा नेपालको हितमा छैन।’
ओलीले निर्वाचनको परिणाम सुःखद नभएको र यसले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताए। ओलीले अब यही अवस्थामा मिलीजुली सरकार बन्ने अवस्था रहेको बताए।
ओलीले भने, ‘भवितव्यले संसदमा पुगेपनि आफ्नो मूल्य राम्रैसँग राख्ने भयो। राजनीति जनताका समस्यामाभन्दा अब १(२ महिना सरकार गठनको खेलमा बित्ने भयो। जो मन्त्रीले जस्तो बोलोस कारबाही हुँदैन। सरकार टिकाउनुपर्यो। त्यसैले पनि सरकार अस्थिरतातर्फ जाने खतरा देखिन्छ।’