धनकुटा। धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्रकुमार राई दोस्रो पटक निर्वाचित भएका छन्।
राईले नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गरेका छन्।
राईले ३० हजार १०१ मत ल्याएका छन् भने कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्याए।
थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। अघिल्लो पटक कांग्रेसको सहयोगमा यहाँबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थापा चुनाव हारेपछि कांग्रेसमै प्रवेश गरेर सहमहामन्त्री बने। हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन्।