काठमाडौं। खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै विजयी बनेका हुन्।
रामकुमार राईको ३१ हजार ३५१ मत छ भने विशाल भट्टराईको २८ हजार ६८२ मत रहेको छ।
यसअघिको निर्वाचनमा भने खोटाङबाट एमालेका भट्टराई निर्वाचित भएका थिए।