काठमाडौं। नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन्।
उनी २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
उनीसँग पराजित नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ५ मत ल्याए।