हेटौँडा। मकवानपुर– १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह विजयी भएका छन्।
मकवानपुरमा एमाले तथा सत्ता गठबन्धनलाई पराजित गर्दै उनले शानदार जित दर्ता गरे। सिंहले मकवानपुर–१ मा खसेको ९१४८६ मतमध्ये २७ हजार ८ सय १६ ल्याए।
उनका निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्यय डिना २५ हजार ४ सय २३ मत ल्याइन्। एमालेबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भए।
प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका सिंहले पाचौँ प्रयासमा जित हात पारेका हुन्।