डडेल्धुरा। डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९ सय १७ मतले पराजित गरे। उनका निकटतम् प्रतिद्वन्दी बोहराले ९ हजार १९५ मत पाए।
यस्तै, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले १ हजार ७ सय ५४, राप्रपाका पदमराज जोशीले ७६२ र धनबहादुर बोहराले २०२ मत पाएका छन्। २५ हजार ३६१ मत खसेकोमा १ हजार ३३६ मत बदर भयो।
प्रदेशसभा–२ मा स्वतन्त्र
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।
उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४७४ मतले पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी बोहराले १० हजार ९७० मत पाए। पराजित बोहरा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री हुन्।