काठमाडौं। ३४१६२ मतान्तरसहित चितवन–२ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयीले विजयी र्याली नगर्ने भएका छन्।
उनले विजय र्यालीको साटो धन्यवाद सभा गर्ने जानकारी दिएका छन्। उनले धन्यवाद सभामा आँउदा फुल, माला, अबिर, खाँदा नल्याएर र केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल ल्याउन आग्रह गरेका छन्।
सम्बन्धित समाचारः
३४१६२ मतान्तरसहित रवि लामिछाने विजयी
उनले भनेका छन्, ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जाँदैछु।’
उनले आजबाटै काम थाल्ने उल्लेख गरेका छन्। त्यसबारे उनले लेखेका छन्, ‘म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका“ लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।’