काठमाडौं। रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन्।
एमालेका उम्मेदवार अजयकुमार गुप्तालाई पराजित गर्दै नेपाल विजयी भएका हुन्।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले ३३ हजार पाँच सय २२ मत पाए। एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याए।
त्यस्तै, जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याए।