काठमाडौं। निर्वाचन आयोगले जारी राखेको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेकपा एमाले सबैभन्दा अघि देखिएको छ।
बिहीबार दिउँसो १२ बजेसम्म एमालेले ५ लाख ३३ हजार ३६७, कांग्रेसले ४ लाख ९८ हजार ६०४ मत ल्याएको छ।
तेस्रो स्थानमा पहिलो पटक आम चुनाव लडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी छ, जसले २ लाख ७५ हजार ३१२ मत ल्याएको छ।
अन्यको अवस्था के छ ?

उक्त निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा ११० जना सांसद्हरू चुनिन्छन्।
प्रदेश
चार वटा प्रदेश सभाको प्रारम्भिक गणनामा पनि समानुपातिक प्रणालीतर्फ एमाले अघि रहेको छ र उसलाई कांग्रेसले पछ्याइरहेको छ।
तर मधेस प्रदेशमा कांग्रेस र कर्णाली प्रदेशमा माओवादी केन्द्रले बढी मत ल्याएको प्रदेशसभा अन्तर्गतको समानुपातिक मतबारे राखिएको विवरणमा उल्लेख छ।
सातवटा प्रदेश अन्तर्गत गठन हुने प्रदेशसभामा समानुपातिक प्रणालीबाट २२० जना सांसद् निर्वाचित हुन्छन्।