काठमाडौं। सर्लाही क्षेत्र नं १ मा लोकतान्त्रिक समाजवादी (लोसपा)का उम्मेदवार रामप्रकाश चौधरी विजयी भएका छन्।
चौधरी २४ हजार ८३८ मत ल्याउँदै विजयी भएका हुन्। पुतली चुनाव चिन्हका उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याए। जसपाका उम्मेदवार प्रमोद साहले १४ हजार २५५ मत ल्याए।
स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काभन्दा लोसपाका रामप्रकाश चौधरी ६ हजार ४६४ बढी मत प्राप्त गरी विजयी भएका हुन्।