धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) लाई ठूलो धक्का लागेको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सो पार्टीका प्रदेश इन्चार्ज लेखराज भट्टसमेतका नेताहरुले पराजय व्यहोरोका छन्।
प्रतिनिधि सभाको १६ वटा सिट रहेको यो प्रदेशमा अहिलेसम्म एमाले जीतविहीन छ। यो प्रदेशमा हाल एमालेको एक ठाउँमामात्रै अग्रता रहेको छ।
कञ्चनपुर–१ मा सो पार्टीका तारा लामा तामाङ अगाडि छन्।
मतगणना जारी रहेको कैलाली–२, कैलाली–५, बैतडीमा एमाले पछाडि छ।
हालसम्म अछाम क्षेत्र नम्बर १ र २, दार्चुला, बझाङ, डोटी, कैलाली ३ र ४, कञ्चनपुर २ र ३ मा एमाले उम्मेदवारले हार व्यहोरिसकेका छन्। डडेल्धुरामा एमालेले उम्मेदवार नै उठाएको थिएन।
बाजुरामा भने विवादका कारण मतगणना भएको छैन।