तनहुँ। तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
पौडेल २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन्। प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए।
यस्तै, स्वतन्त्रका गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएर तेस्रो भए।
तनहुँ १ मा ६८१५८ मत खसेको थियो। पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए।