दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन्।
दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका हुन्।
माओवादीकी उम्मेदवार रेखाले २६८७७ मत ल्याएकी छन्। यहाँ पोखरेलले २६६८१ मत ल्याएका छन्।
रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन्। यहाँ रेखा सत्ता गठबन्धनको साझा उम्मेदवार थिइन्।