काठमाडौं। भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसले अग्रता कायमै राखेको छ।
मतगणना सुरुदेखि नै भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता कायमै राखेका छन्।
उनलाई एमालेका महेश बस्नेतले पछ्याइरहेका छन्। थापाले २२ हजार २४८ मत ल्याउँदा बस्नेतले २१ हजार ६४३ मत ल्याएका छन्।
मतगणना अन्तिम चरणमा पुग्दा पनि बस्नेतले एकपटक पनि अग्रता लिन सकेका छैनन्, अझैं उनी ६०५ मतले पछि छन्। जसका कारण बस्नेत हारको संघारमा पुगेका छन्।