वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन्।
उनी नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन्।
यादवले २२५३७ र द्विवेदीले २०९१७ मत ल्याए। राप्रपाका किरणमान डंगोलले २६५१,सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपाका नेता लक्ष्मणलाल कर्णले १११७ मत पाए।
पूर्व वनमन्त्रीसमेत रहेका यादव २०७४ को निर्वाचनमा पनि २११३२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।