राजविराज। सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्
राउत भारी मतका साथ निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
यस्तै, प्रदेश सभातर्फ सप्तरी २(१)मा सतिशकुमार सिंह र सप्तरी २(२)मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका छन्।