काठमाडौं। काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
उनी एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै विजयी भएका हुन्। शिशिरले १४२०४ मत ल्याए भने खनालले ८९११ मत पाए।
त्यस्तै, तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८८०५ मत ल्याए।
यो राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंका चौंथो जित हो।
यसअघि काठमाडौं–२ मा सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन्।