काठमाडौं। ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
भट्टराई माओवादी उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई पराजित गर्दै विजयी भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार योगेशले २१९४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१७३८ मत प्राप्त गरे।
सुरूवातीदेखि नै टक्कर भए पनि अन्तिम चरणमा योगेशले खेलप्रसादलाई पछि पार्दै बाजी मारेका हुन्।
अघिल्लो निर्वाचनमा पनि उनी यहाँबाट निर्वाचित भएका थिए।