डोटी। डोटीको प्रदेश सभा (२) बाट शिव सिंह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन्।
उनले १४०४७ मत पाएका छन्। माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई हराएका हुन्। बमले १३१२८ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत ल्याए।
उक्त क्षेत्रमा ३०२३४ मत खसेको थियो। २८५०२ मत सदर भएका छन भने १७३२ मत बदर भएका छन्। ओली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव हुन्।