काठमाडौं। गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।
विष्ट समाजवादीकी नेतृ रामकुमारी झाक्रीलाई हराउँदै विजयी भएका हुन्।
विष्टले २७६३६ मत ल्याएर विजयी हुँदा झाक्रीले २५६८५ मत ल्याइन्।
विष्टले २०७० र २०७४ को चुनाव पनि जितेका थिए। यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पुरा गरेका छन्।
त्यसअघि उनी २०५६ मा पनि निर्वाचित भएका थिए। यसपटक उनको चौंथो जित हो।