धनगढी। कैलालीको क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि र प्रदेश सभा सदस्यमा क्लिन स्वीप गरेको छ ।
सो पार्टीबाट प्रदेश सभा सदस्यका लागि (क) मा घनश्याम चौधरी र (ख) मा खुशीराम डंगौरा थारु विजयी भएका छन्।
सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी हिजो नै निर्वाचित भएका थिए।