काठमाडौं। काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई हराउँदै निर्वाचित भएका हुन्। यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए।
श्रेष्ठले ११९५६ र पोखरेलले १०९६१ मत प्राप्त गरे। सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो भइन्।