मुस्ताङ। प्रतिनिधि सभापछि कांग्रेसले प्रदेश सभामा पनि विजयी सुरुवात गरेको छ।
मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्। गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरे। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए।
नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाएका थिए। विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन्।
उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।
मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन्।