काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले फेरि अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार ९२२८ मत गणना हुँदा मिश्रले २४१३ मत ल्याउँदा कांग्रेसका सिंहको पक्षमा २१४० मत परेको छ। यसअघि सुरुवाती अग्रता मिश्रले लिएपनि पछि सिंहले उछिनेका थिए।
एमालेका किरण पौडेलले १०१९ मत पाएका छन्।
अघिल्लोपटक यहाँ मिश्रलाई हराउँदै सिंह विजयी भएका थिए।