काठमाडौं। आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदातको मतगणना भइरहेको छ।
केही स्थानमा मतगणना सुरू भइसकेको छ भने केही स्थानमा मतगणना सुरू गर्ने तयारी छ।
प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरूवात गरेको छ। सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्।
जारी मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्म एमाले ८ स्थानमा अगाडि छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ४, कांग्रेस ३ र जनमत पार्टी एक स्थानमा अगाडि छ।